arrow

श्रेष्ठको तिनतले भिरमा शव फेला

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
dead2.jpg

पाँचथर ।पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ पौवासारतापमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय भुवानी प्रसाद श्रेष्ठ रहेका छन् । शनिबार देखि घरबाट हराइरहेका उनी आज बिहान स्थानीयले तिनतले भिरमा फेला पारेको स्थानिय धनसिंङ नेम्बाङले बताए ।

उनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम समेत गरिसकिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल पौड्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ