arrow

नेकपाका नेता राजकुमार बिष्ट सहित २५ जना जुवाको खालबाट पक्राउ 

logo
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
bista-nekapa-lamjung.jpg

बेसीशहर। नेकपा बेसीशहर नगर कमिटि अध्यक्ष राजकुमार बिष्ट सहित २५ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

बेसिशहर ११ चितिको स्याउतमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले २ लाख १६ रकम सहित जुवा खालबाट २५ जनालाई पक्राउ गरेको लम्जुङका प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ परेकाहरुको नाम दिन भने प्रहरीले आनाकानी गरेको छ। 

तिहारको बेला देशभर जुवाको लत लागेकाहरु प्रहरी कार्वाहीमा परेका छन्। देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
 
सोमबार बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ ।

यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् । उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार खिचिएको छ ।

दाङको लमही नगरपालिका–५ सोमबार बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद रु छ लाख ७८ हजार बरामद भएको छ । 

काठमाडौंको महाराजगञ्जबाट अहिलेसम्म सबैभन्दा ठूलो खालमा जुवाडेहरु पक्राउ परेका छन्। सो खालबाट २५ जना पक्राउ परेका छन् भने २ करोड ७० लाख वरामद भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ