arrow

बैश्यको घरबाट सुरु भएको शृङ्खलाबद्ध आगलागी

logo
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
fire-final.jpeg

नेपालगञ्ज ।नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ । 
  
गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो । राति करीब ८ बजेदेखि शुरु भएको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो । 

आइतबार रातिमात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए। 

गत बिहीबार नेपालगञ्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा सात ठूला आगलागी भइसकको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ