arrow

प्रधानमन्त्री ओलीको भाइटीका

logo
रासस
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
pm-oli-doha-2019.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन्।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे। साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए। प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ