arrow

नेकपाका विद्यार्थी नेता इन्द्रहाङ राईले गरे आफ्नै साथीकी बहिनीको करणी

गृहसचिव प्रेम राई र मुख्यमन्त्री शेरधन राईको नाममा आरोपितले देखाए रवाफ

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
indrahang-rai-rapeist.jpg

काठमाडौं। नेकपाको विद्यार्थी नेता इन्द्र हाङ राईले गरे गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६ माकलवारीमा एक युवतीलाई जवर्जस्ती करणी गरेका छन्। 

तिहारमा सबै चाडवाडमा रमाइरहेका बेला नेकपाको विद्यार्थी संगठन अनेरास्वियुका केन्द्रीय सदस्य राई भने जवर्जस्ती करणीमा संलग्न भएपछि पक्राउ समेत परेका छन्। 

राईले आफ्नो साथीको वहिनीलाई आफ्नो दाई पर्नेको माकलवारीस्थित कोठामा बोलाएर जवर्जस्ती करणी गरेको पिडित युवतीले उजुरी गरेपछि आरोपितलाई नियन्त्रण गरिएको प्रहरी वृत वौद्धका प्रहरी नायव उपरिक्षक आरवी सिंहले जानकारी दिएका छन्। 

माकलवारीको दिल बहादुर तामाङ र डोल्मा तामाङको घरको साँचो समेत लिएका राईले साथीको वहिनीलाई बोलाएर कार्तिक ११ गते सोमबार अपरान्ह जवर्जस्ती करणी गरेका हुन्। घटनाको बारेमा युवतीले प्रहरीलाई १२ गते विहान ३ वजेतिर खबर गरेको सिंहले बताए। 

प्रहरीलाई खबर हुने वित्तिकै घटनास्थलमा पुगी सबै प्रमाण संकलन गरेको छ। प्रहरीले घटनास्थलबाट जवर्जस्ती करणी भएको कोठाबाट वीर्य तथा अन्य प्रमाणहरु पनि संकलन गरि प्रयोगशाला पठाइएको सिंहले जानकारी दिए। 

प्रहरीले पिडित महिलाको स्वास्थ्य परिक्षण गर्ने कामसँगै आरोपितलाई रातीबाटै खोजको थियो। प्रहरीले आरोपित राईलाई विहान ६ वजे नियन्त्रणमा लिएको थियो। 

Image may contain: 7 people, people smiling, people standing and outdoor

खोटाङ घर भई बुढानिलकण्ठ बस्दै आएका राई सत्तारुढ नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य, आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्। उनी वीए तेस्रो बर्षमा अध्ययनरत रहेको सिंहले बताए। 

झापा हल्दिवारी गाउपालिका १ घर भइ किर्तिपुर दिदीसँगै बस्ने युवती दिदीकै साथी राईबाट जवर्जस्ती करणीमा परेकी हुन्। पिडित युवतीले वलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका राईले भने सहमतिमै सम्पर्क गरेको दावी गरेका थिए। 

Image may contain: 5 people, people smiling

गृहसचिव प्रेम राई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग नजिकको सम्वन्ध रहेको बताउने राईले हिरासतमा पुग्ने वित्तिकै आफ्नो स्वास्थ्य ठीक नभएको भन्दै उपचारको माग गरेका थिए। उनलाई नजिकैको एक स्वास्थ्य संस्थामा उपचारका लागि समेत लगिएको प्रहरीले जनाएको छ। 

पछिल्ला दिनमा एकपछि अर्को जवर्जस्ती करणीको घटना सार्वजनिक भइरहेका बेला नेकपाकै अर्का विद्यार्थी नेताको पक्राउले हाम्रो राजनीतिको नैतिक स्खलनलाई समेत उदाङगो पारेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ