arrow

महरामाथि अदालतमा मुद्दा दायर गरिँदै

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
mahara-case6.jpg

काठमाडौँ । बलात्कार आरोप प्रयास अभियोगमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्दैछ । 

गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको भनिएका (शाहीले हाम्राकुरामार्फत नै आफूलाई बलात्कार भएको बताए पनि पछि प्रहरीमा उजुरी दिँदा भने बलात्कार प्रयास भएको उजुरी दिएको) महराले असोज १३ गते हाम्राकुरामा समाचार आएपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । 

शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते विजया दशमीको अष्टमीका दिन अदालतको अनुमति पाएपछि प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट साँझ पक्राउ गरेको थियो।

त्यसपछि निरन्तर अनुसन्धानका लागि म्याद थप्दै गर्दा उनी अहिलेसम्म प्रहरी हिरासतमै रहेका छन् । तर बिरामी भएपछि उनी नर्भिक अस्पतालमा उपचाररत छन् । प्रहरीले यसअघि कार्तिक ८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पेस गरेपछि बिहीबार उनलाई अदालतमा मुद्धा दायर गर्न लागिएको बताइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमेन्द्र बोगटीले यसअघि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसकेकाले अब त्यहाँबाटै प्रक्रिया अगाडिद बढ्ने बताए । 

जिल्ला सरकारी वकिल कार्यालयले बिहीवार अभियोगपत्र दायरको तयारी गरेको बुझिएको छ । 

तीन पटक गरी प्रहरीले महरालाई अनुसन्धानका लागि २५ दिन थुनामा राख्ने अनुमति लिइसकेको छ। उक्त म्याद सकिएको छ। अब समय थप्नु नपर्नेमा प्रवक्ता बोगटी आशावादी छन् । 

प्रहरीको राय अनुसार महराविरुद्ध जबर्जस्ती करणीमा अभियोग पत्र पेस गरिने छ। यसो भएमा सार्वजनिक पद धारण गरेको व्यक्तिबाट यो कसुर हुँदा मुलुकी दण्ड सजाय ऐन अनुसार थप डेडई सजाय माग हुनेछ। यसो भए कम्तीमा सात वर्षसम्म सजाय मागदाबी हुन सक्नेछ।

बिहीवार अभियोगपत्र पेस भएमा थुनछेक प्रक्रिया पनि थालिने छ । थुनछेक बहसपछि अदालतले थुनामा राखेर मुद्दाको पूर्पक्षमा सहभागी हुन वा धरौटीमा रिहाको आदेश गर्न सक्नेछ।

त्यसो त उनलाई साधारण तारेखमा पनि राख्न सक्नेछ । यदि थुनामा रहेमा उनले सांसद पदबाट हात धुनु पर्नेछ । नियमानुसार उनलको सांसद पद स्वत? निलम्बन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ