arrow

अटोरिक्सा भाडाबाट शुरु भएको विवाद मृत्युसम्म

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
Death-body-nepali-simbol.jpg.jpeg

बर्दिया। जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भाईटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशङ्कामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरी तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो । त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ