कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
415
Shares
काठमाडौं। काठमाडौं जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आज महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।
काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो। उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।
निवर्तमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो। जुन आज सकिएको थियो। अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ।