arrow

कोहलपुरको पेस्तोल प्रकरणमा प्रहरीमाथि नै गंभिर आशंका

डिएसपी शाहीको विवादास्पद अडियोसँगै भिडियो प्राप्त

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
tarundal-police1.jpg

बाँके । कोहलपुर प्रहरीले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई गाडीको सिटमा फल्स बटम बनाई पेस्तोल लुकाएको आरोपमा पक्राउ गरेको भने पनि प्रहरी नै संलग्न भएको नयाँ तथ्य फेला परेको छ ।

तरुण दलले उक्त पेस्तोल आफ्ना कार्यकर्ताहरुको नभई जबरजसती फसाउन प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको केही समय पछि नै प्रहरी नायब उपरिक्षक (डिएसपी) हेमबहादुर शाही स्वंय संलग्न भएको अडियो भिडियो फेला परेको हो । जुन अडियो भिडियोले तरुण दलले आफ्ना कार्यकर्ताहरुलाई फसाउँन नायब उपरिक्षक शाहीले फसाउन खोजेको कुरा पुष्टी गरेको छ। तरुण दलले गाडीमा फेला पारिएको भनिएको  पेस्तोलको फिंगर प्रिन्ट जाँचको माग गरेको छ।

हाम्राकुरालाई उक्त घट्नासँग सम्बन्धित भिडियो र अडियो प्राप्त भएको छ। अडियोमा प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले दशैको बेला खशी मागेको प्रष्ट सुन्न सकिन्छ । तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग दशैको बडाभोज गर्न नायब उपरिक्षकले खशी मागे पनि नदिईएको तरुण दलले जनाएको छ। उक्त खशी नदिईएको कुरालाई प्रहरी नायब उपरिक्षक शाहीले व्यक्तिगत रुपमा लिंदै गोली हानी घुँडामा प्वाल पार्ने धम्की दिए पछि जीवन रक्षाको माग गर्दै खड्का मानव अधिकार आयोग गुहार्न पुगेका छन्।

दशै घट्ना लगत्तै नायब उपरिक्षक शाहीले तरुण दलका जिल्ला नेतृत्वलाई ‘टार्गेट’ गरि फसाउँने योजना बनाएको तरुण दलले आरोप लगाएको छ। त्यसैगरि नायब उपरिक्षक शाहीले तरुण दल नेपालगञ्जका नगर सभापति शाहीलाई फोन गरेर आफ्नो नजरमा परेको भन्दै धम्क्याएका थिए। उक्त धम्की अडियोमा स्पष्ट रुपमा सुन्न सकिन्छ । नायब उपरिक्षक शाहीले आफ्नो सरुवा गर्न लागिपरेको भन्दै उनलाई फोनमा धम्क्याएका थिए।

प्रहरीले नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको दाबी गरेको थियो ।

प्रहरीले लोड भएको पेस्तोल सहित पक्राउ परेको भनिए पनि भिडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आफै गोली लोड गरिरहेको देख्न सकिन्छ । उक्त भिडियोमा शाहीले अर्का प्रहरीलाई अपशब्द बोलेको पनि सुन्न सकिन्छ। प्रहरीले दाबी गरेको भन्दा बिल्कुल फरक देखिएको भिडियो र यस्को पृष्ठभुमीको अडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आचरण बिपरित गएर लाभ खोजेको कुरा नपाए पछिको रिसमा फसाउँन खोजेको तरुण दलले आरोप लगाएको छ।

व्यक्तिगत रिसिबी साँध्न प्रहरी नायब उपरिक्षकले तरुण दलका नेतालाई फसाएको तरुण दलको ठहर छ। प्रहरीमाथि नै औंला उठाउँदै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नागरिकलाई फसाउँने षडयन्त्र गर्ने शाहीसहितका प्रहरी अधिकारीहरुमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

हामीले प्राप्त गरेको अडियो भिडियोमा पहिलो भागमा केशर खड्का र डिएसपी शाहीबीच संवाद सुनिन्छ भने दोस्रो संवाद भने डिएसपी शाही सन्दिपजङ्ग शाहबीच भएको सुनिन्छ । तेस्रो भागमा भने डिएसपी शाहीले पेस्तोलमा गोली भर्दै गरेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ