arrow

कांग्रेस उम्मेदवार पदाधिकारीले छान्ने

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
congress-meeting-2019.jpg

काठमाडौं । मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार पदाधिकारीले छान्ने भएका छन् ।  सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्ण गरेको हो ।

उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (८) (घ) र (ङ) बमोजिमको कार्यसम्पादन गर्न र बाग्लुङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २, भक्तपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र दाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (७) (ङ) र (च) बमोजिमको कार्य सम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय पदाधिकारीको बैठकले उल्लेखित पदको उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

 आइतबारको बैठकमा पार्टीका महामन्त्री डा.शशांक कोइरालाले प्रस्तुत गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलवहादुर केसी, महेश आचार्य, एन.पी.साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए ।


बैठकका निर्णयहरु—
निर्णय नं. १

२०७६ साल मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (८) (घ) र (ङ) बमोजिमको कार्यसम्पादन गर्न र बाग्लुङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २, भक्तपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र दाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (७) (ङ) र (च) बमोजिमको कार्य सम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ । केन्द्रीय पदाधिकारीको बैठकले उल्लेखित पदको उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गर्दछ ।

निर्णय नं. २
यहि मंसिर १४ गते सम्पन्न हुने उप–निर्वाचन अन्तर्गत सुनसरी जिल्लाको धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि पार्टीको विधान अनुसार धरान उप–महानगरपालिका कार्यसमिति, क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत रुपमा श्री तिलक राईको नाम सिफारिस भई आएकोले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गर्दछ ।

निर्णय नं. ३
तराइ–मधेश लगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठ पर्वको पूर्व सन्ध्यामा बसेको यो बैठक हार्दिकता, प्रेम र विश्वास अभिवृद्धिको कामना साथ समस्त नेपाली दिदीवहिनी दाजुभाइमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ