arrow

कृष्णबहादुर महराको बयान सकियो, थुनछेक बहस आइतबार

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
mahara-case6.jpg

काठमाडौं। जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा आज बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ। जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा आज महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो। काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार आज ३ बजेसम्म कार्यलय समय भएपनि ५:३० बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नभएकाले आइतबार हुने जानकारी दिए।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो। महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो। उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।
    
निर्वातमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक सात गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो जुन हिजो सकिएको थियो।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैसला हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ