arrow

नेविसंघको अध्यक्ष शेर बहादुर देउवा २५ बर्षमा हुन मिल्ने अहिले विधान किन मिच्ने?

कांग्रेस कार्यालयमा नेविसंघका विद्यार्थीहरुले पार्टीका नेताहरुलाई रोकेर दिनभर सोधिरहे प्रश्न

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
nsu-chairman-kati-barsa.jpg

ललितपुर । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघमा उमेर हदको पक्षधर विद्याार्थीहरुले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेका छन् ।

नेविसंघको विधान विपरित पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए । प्रदर्शनको नेतृत्व गरेका नवराज त्रिपाठीले नेविसंघको विधान विपरित पार्टीले निर्णय गर्न लागेकाले विरोध गरेको बताए ।

नेविसंघका संस्थापक अध्यक्षदेखि अधिकांश अध्यक्ष वर्तमान विधान अनुसारकै भएको उनीहरुले तथ्य पेश गरेका थिए। कांग्रेस सभापति शेर बहादुर देउवा २५ बर्षमा नेविसंघको अध्यक्ष बनेको स्मरण गराउदै उनीहरुले अब भने किन पिता पुस्ताको चाहियो भन्दै प्रश्न गरेका थिए। 

‘नेविसंघका बुबा उमेरको अध्यक्ष बनाउने तयारी भएको सूचना पाएका छौं,’ उनले भने, ‘विधानअनुसार ३२ वर्ष उमेर हद भित्रको मात्र नेविसंघमा आवद्ध हुन पाउने प्रावधान छ । केन्द्रीय समितिले जारी गरेको नेविसंघको विधान पालाना हुनुपर्‍यो भन्ने हाम्रो माग हो ।’

नेविसंघका अध्यक्ष भइसकेकाहरुको तस्विरमा उनीहरु अध्यक्ष हुँदाको उमेर राखेर विद्यार्थीहरुले अबको अध्यक्ष कति बर्षको हुने भन्दै नैतिक दवाव समेत उनीहरुले दिएका थिए।

पार्टी संस्थापनले विधानको भावना विपरित अध्यक्ष बनाउने आन्तरिक तयारी गरेको सूचना पाएपछि विद्यार्थीले केन्द्रीय समिति बैठक बसेका बेला नारावाजी र प्रदर्शन गरेका हुन् ।

बचाउँछौं हामी नेविसंघ–विधान मिचे आमरण अनसन भन्ने मुल नारा बनाएका उनीहरुले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए । 

विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ