arrow

यौन दुव्र्यवहारका अभियोगी महराविरुद्व थुनछेक बहस 

के विमार हुन महरा अस्पताललाई हिरासत बनाउनु पर्ने ?

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
mahara-case6.jpg

काठमाडौं । यौन दुव्र्यवहारको अभियोगमा गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा सात घण्टा बयान दिएका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आइतबार थुनछेक बहस हुँदैछ ।

गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको समाचार हाम्राकुराले १३ गते लेखेको थियो । शाहीले नै आफूमाथि यौन दुव्र्यवहार भएको बताएकी थिइन् । 

१४ गते महराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । 

उनी त्यसपछि सभामुखको सरकारी निवासमै बसिरहँदा रोशनीले प्रहरीमा ‘बलात्कार प्रयास’ को उजुरी दिएपछि असोज १९ गते साँझ महरालाई प्रहरीले पक्राउ गरेको थियो । 

त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले मागेको म्यादमा अदालतले समय थपिदिएको थियो । त्यसयता महरा बिरामी भएको भन्दै अहिलेसम्म नर्भिक अस्पतालमै उपचाररत छन्। 

आइतबारको बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन् । त्यही बहस, प्रमाण लगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ।

यो बहसपछि इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७५ मा पुर्पक्षमा राख्ने, धरौटी खुल्ने वा साधारण तारेखमा छोड्ने भन्ने उल्लेख गरिएको छ।

इजलासले पुर्पक्षमा राख्ने निर्णय लिए अभियुक्त महराले कैद भुक्तान गर्नुपर्दछ भने धरौटी खोले वा साधारण तारेखमा छोडे रिहा हुनेछन् ।

के बिमार छन् महरा ? 
महरा निरन्तर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । तर उनी के बिमार छन् र उनको अवस्था के छ भनेर चासो कसैले नदिएको पाइन्छ । 

उनी बिमार भएपछि अस्पतालले उनको अवस्थाबारे जानकारी समेत दिएको छैन । उनी अदालत आउँदा बिमार जस्ता भने देखिदैनन् । 

अस्पताललाई नै हिरासत बनाउनु पर्नेगरि महराले प्रहरी हिरासत मात्र छलेका हुन की साच्चिकै विमार हुन त्यो भने महरा र अस्पतालले मात्र बताउन सक्छन् । तर आम नागरिक भने शंकाले नै हेर्ने गर्छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ