arrow

कोहलपुरका डिएसपी शाही आफै परे एम्बुसमा, शाहीमाथि छानविन गर्न २ समिति

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
dsp-hembahadur.jpg

बाँके । तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई हतियार सहित नियन्त्रणमा लिएका प्रहरी नायव उपरिक्षक (डिएसपी) हेमबहादुर शाही प्रहरी आचरण विपरितका गतिविधीमा संलग्न भएको अडियो भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ को प्रहरी कार्यालयले दुई अलग अलग छानविन समिति गठन गरेको छ।  

प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रहरी आचारण विपरित बडाभोजका लागि खसी बोका माग्ने तथा आफूसँग असहमत पक्षलाई गोली हानेर तिघ्रा छेड्ने धम्की दिने डिएसपीलाई अनुसन्धानको दायरामा ल्याउन नेपाली कांग्रेस, तरुण दल लगायतले माग गरेका थिए ।
 
प्रदेश नम्वर ५ का प्रहरी प्रमुख डीआइजी शुरेस विक्रम शाहले समिति बनाएको बताए । हाम्राकुरासँग शनिवार समेत कुरा गर्दै शाहले अनुसन्धान गर्ने बताएका थिए। शाहले भने, 'अनुसन्धानमा डीएसपी शाही दोषी हो भनेर पाइए उसमाथि कार्वाही हुन्छ।'

प्रहरीको आचरण र व्यवहारको विषयमा सार्वजनिक तथ्यहरुले प्रहरीको गरिमामा असर हुनसक्ने ठानेर प्रहरी प्रधान कार्यालयले पनि एसएसपी उमेश जोशीको नेतृत्वमा अर्को समिति गठन गर्ने तयारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।  

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

प्रहरीले नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको दाबी गरेको थियो ।

प्रहरीले लोड भएको पेस्तोल सहित पक्राउ परेको भनिए पनि भिडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आफै गोली लोड गरिरहेको देख्न सकिन्छ । उक्त भिडियोमा शाहीले अर्का प्रहरीलाई अपशब्द बोलेको पनि सुन्न सकिन्छ। प्रहरीले दाबी गरेको भन्दा बिल्कुल फरक देखिएको भिडियो र यस्को पृष्ठभुमीको अडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आचरण बिपरित गएर लाभ खोजेको कुरा नपाए पछिको रिसमा फसाउँन खोजेको कांग्रेस र यसको भातृ संस्था तरुण दलले आरोप लगाएको छ।

कोहलपुर पेस्तोल प्रकरणका डिएसपी हेमबहादुर शाही अनुसन्धानको दायरामा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ