arrow

प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति आफैले हस्ताक्षर गरेर पठाइन यस्तो पत्र

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
patra1.jpg

काठमाडौं । सरकारले सात प्रदेशका प्रमुखहरूलाई पदबाट पदमुक्त गर्ने निर्णयसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले हस्ताक्षर गरेर पत्र पठाएकी छिन् ।

सरकारले गरेको  सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल अनुमोदन गरि प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेकी हुन् । हाम्राकुरालाई प्राप्त एक प्रदेश प्रमुखलाई दिएको पदमुक्त पत्रमा स्वयं राष्ट्रपति भण्डारीको हस्ताक्षर  छ । पत्रमा लेखिएको छ, 'नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तपाईलाई नेपालको प्रदेश नं. को प्रदेश प्रमुख पदबाट पदमुक्त गरेको छु ।'

राष्ट्रपति विद्यादेवी भण्डारीले हालसम्म प्रदेश प्रमुखको पदमा रही गर्नु भएको कामको लागि धन्यवाद दिएकी छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सात प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

पदमुक्त हुनेमा प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा,  रत्नेश्वर लाल (कायस्थ), काठमाडौं, अनुराधा कोइराला, काठमाडौँ,  बाबुराम कुवंर, अर्घाखाँची,  उमाकान्त झा, धनुषा,   दुर्गा केशर खनाल, सुर्खेत,  मोहनराज मल्ल, कैलाली रहेका छन् ।

सातै प्रदेश प्रमुखलाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।

प्रदेश प्रमुख नियुक्त गर्दादेखि नै असन्तुष्ट रहि विरोध गरेको नेकपाले करिव २१ महिना पछि आएर पदमुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल धाइरहेकै बेला अकस्मात आएको यो निर्णयले अनेक प्रश्न भने जन्माएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ