arrow

नेपालथोकमा थप एक बालिकाको शव भेटियो, सुकुटे दुर्घटनाका १७ यात्रुको सनाखत

logo
रासस,
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
melamchi-sukute-bus-accident.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । नेपालथोकमा सोमबार एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

सनाखत भएकामा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। पन्ध्र जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

सनाखत भएकामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ की ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र  २० वर्षीया कविता राउत छन् ।

यस्तै सैलुङ गाउँपालिका–३ की ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ की ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ की ३८ वर्षीया सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीकी ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए ।

“नदीले बगाएको हुन सक्ने भएकाले यात्रुको खोजी जारी छ”, उनले भने।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ