arrow

मेयरमा हारेका प्रसाईलाई प्रदेश प्रमुख बनाए ओलीले

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
bishnu-parsai-province-1-pradesh.jpg

झापा। झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत तत्कालिन नेकपा एमालेका बिष्णु प्रसाईलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुरस्कृत गरेका छ्न्।  

प्रसाईलाई प्रदेश प्रमुख बनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीबाट निर्णय गराएका हुन्। राजनीतिमा आफू संगसँगै जस्तै लागेका प्रसाईलाई ओलीले न्याय दिएको झापाका नेकपा वृत्तमा चर्चा छ।

मेयरमा कांग्रेसका आचार्यले २० हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याएका थिए। मेयर चुनावमा तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल़्याएका थिए। राजनैतिक पद देखि नियुक्तीमा झापालाई विशेष स्थान दिदै आएका ओलीले प्रदेश प्रमुखमा प्रसाईलाई ल्याएको घटनाले ओलीको झापा मोहलाई दर्साएको छ।

यसैगरि नेकपाको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, डलेल्धुराका गोबिन्द कलौनी, काठमाडौका शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ।

सचिवालयले टुंगाएका ७ जनामा ३ जना पूर्व माओवादी ४ जना एमालेको भागमा परेका छ्न्। विष्णु प्रसाई, सोमनाथ प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमाले निकट हुन भने शेरचन, परियार र त्रिपाठी माओवादी पृष्ठभूमिका हुन्। सत्तारुढ दल समाजवादीले पनि एकजना प्रदेश प्रमुख दावी गरेपनि नेकपाले उसलाई भाग लगाएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ