arrow

पार्टी नेतालाई मनपरी गाली गर्नेलाई प्रदेश प्रमुख बनाएपछि...

वेदुराम भूसाल, प्रदीप नेपाल, अमृत बोहरालाई बनाउन मानेनन् ओलीले प्रदेश प्रमुख

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
bishnu-parsai-province-1-pradesh.jpg

काठमाडौं । २०७४ असारमा सम्पन्न स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत भएका विष्णुप्रसाद प्रसाईलाई ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । तत्कालीन एमालेबाट उनी मेयरका उम्मेदवार थिए । तर कांग्रेसका आचार्यसँग उनी १ हजार ३ सय ५४ मतान्तरले पराजीत भएका थिए । उपमेयरमा एमालेबाट मिना पोखरेल उप्रेती बिजयी भएकी थिइन् । 

एमालेबाट उम्मेदवार भएकी उपमेयर जित्ने तर मेयर पराजीत भएपछि प्रसाई झन् आक्रोसित भएर विवेक नै गुमाउन पुगेका थिए । मेयरमा पराजीत भएपछि प्रसाईले पार्टी नेता रविन कोइरालालाई मा... मु.. जस्ता अश्लिल गालीगलौज गर्दै ‘मलाई हराउने तै होइनस्’ भन्दै सभ्य समाजले पचाउनै नसक्ने हर्कत पनि देखाएको नेकपाकै कार्यकर्ता बताउँछन् । चुनावमा पराजीत भइसकेपछि उनले देखाएको ब्यवहारले तत्कालीन एमाले पंक्ति नै लज्जित भएको थियो । तिनै प्रसाईलाई प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख बनाएपछि नेकपा झापाका नेताहरु आश्चर्यमा परेका छन् । 

विष्णु प्रसाईलाई प्रदेश प्रमुख बनाउने निर्णयका पक्षमा नेकपामा कोही नभए पनि प्रधानमन्त्री ओलीले पेलेरै निर्णय गराए । नेकपाका बरिष्ठ नेता माधव नेपालले बेदुराम भूसाल, प्रदीप नेपाल, अमृत बोहरा जस्ता नेताको नाम लिए पनि उनको कुरा सम्बोधन हुन सकेन ।

सरकारले पूर्वमाओवादी कोटाबाट ३ र साविक एमालेबाट ४ जनालाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ । अमिक शेरचन गण्डकी प्रदेश, तिलक परियार २ नम्बर प्रदेश र शर्मिलाकुमारी त्रिपाठी पन्त सुदूरपश्चिम प्रदेश माओवादी कोटाबाट भएका हुन् । शेरचन पूर्वउपप्रधानमन्त्री हुन् । परियार पुराना माओवादी नेता हुन् । उनी माओवादी रामबहादुर थापा बादल र पम्फा भूसालहरुसँगै एकतामा आएका हुन् । शर्मिला बेपत्ता पारिएका माओवादी नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन् । माओवादीले उनलाई प्रदेश प्रमुख बनाएर बेपत्ता परिवारलाई पनि स्थान दिएको छ । 

एमालेबाट पुराना वामनेता सोमनाथ अधिकारी प्यासी १ नम्बर प्रदेश प्रमुख, धर्मनाथ यादव ५ नम्बर, विष्णु प्रसाई ३ नम्बर र गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेशको प्रमुखमा नियुक्त भएका छन् । एमालेबाट नियुक्त भएका सबै प्रधानमन्त्री ओली निकट हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ