arrow

मौसम बदली, बुधबार बेलुकीपछि खतरा

यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
weather.jpg

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र केही तराईका भूभागमा कुहिरो लागेको अवस्था छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको छ।

महाशाखाले देशको मध्य र पूर्वी  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । 

मौसमविद् शान्ति कर्णेलका अनुसार अरब सागरबाट बनेको चक्रवात कमजोर भए पनि त्यसको प्रभावले गर्दा नेपालमा केही असर देखिएको छ । मंगलबार देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी  भूभागको १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको  छ ।

मंगलबार तराईमा हुस्सु र कुहिरो देखिएको छ र यसको प्रभाव रहिरहने मौसमविद् कर्णेलले बताइन् । 

बुधबार पनि देशको पश्चिम भूभाग लगायत  मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदmस् रहने छ । देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बुधबार बेलुकीदेखि खतरा 
बुधबार बेलुकीदेखि भने मौसम धेरैजसो बिग्रने देखिएको छ । मौसमविद् कर्णेलका अनुसार बुधबार बेलुकीदेखि पश्चिममा बढी नै क्षति गर्नेछ । बुधबार बेलुकीदेखि असिनासमेत पर्ने भएकाले कृषकले बढी नै क्षति व्यहोर्नुपर्ने देखिएको छ । 

विशेषगरी पोखरादेखि पश्चिमको भूभागमा बढी क्षति गर्ने देखिएको भन्दै मौसमविद् कर्णेलले यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ