arrow

कांग्रेसलाई उम्मेदवार छान्नै सकस

भागबण्डा गर्न पदाधिकारी बैठक बस्दै 

logo
सुजिता बडाल, 
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउनै सकस भएको छ । 

गत शुक्रबार उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समितिको बैठक बोलाइएको भए पनि शीर्ष तहमा कुरा नमिल्दा पदाधिकारीलाई नै सो बारे निर्णय गर्न दिने र पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत राख्ने निर्णय गरी बैठक सकिएको थियो ।

त्यसको पर्सिपल्ट अर्थात आइतबार पुनः सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाइएको थियो । आइतबारका लागि बोलाइएको बैठक भने उपसभापति विमलेन्द्र निधि र कोषाध्यक्ष सितादेवी यादव छठ पर्वका लागि उपत्यका बाहिर रहेको भन्दै बस्दै बसेन । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार बस्ने पदाधिकारी बैठकले उम्मेदवार बारे अन्तिम निर्णय लिने बताए । 

‘केन्द्रिय समितिले पदाधिकारीलाई जिम्मा दिइसकेको छ, पदाधिकारी बैठकले सोमबार उम्मेदवारबारे निर्णय लिन्छ,’ प्रवक्ता शर्माले हाम्राकुरासँग भने ।  

खासगरी प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ र दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’ मा उम्मेदवार चयन गर्न कांग्रेसलाई सकस परिरहेको हो ।

यस्तै नगरपालिकातर्फ सुनसरीको धरान उपमहानगरपालिका लागि भने तिलक राई कांग्रेसका तर्फबाट एक्ला उम्मेदवार बनिसकेका छन । 

हाल कांग्रेस भित्र कास्की क्षेत्र नम्बर २ मा रामचन्द्र पौडेलले आफ्नो समूहका नेतालाई उम्मेदवार बनाउन प्रयासरत छन। सभापति देउवा समेत सोही दाउमा छन् । 

यस्तै प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा सिटौलाले आफ्नो समूहलाई टिकट दिन आफ्ना अन्य नेताहरु मार्फत माग गरिरहेका छन । त्यहाँ देउवा समूह पनि उम्मेदवार देखाउने होडमा छ । 

दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’ मा समेत मिलाएर भागबण्डाका आधारमा उम्मेदवार टुंगाउन सभापति देउवा लागिपरेका छन । यस बाहेक गाउँपलिकातर्फ र अन्य रिक्त वडाध्यक्षम कसलाई उम्मेदवार बनाउने भन्नेमा भने कांग्रेसमा छलफल नै भएको छैन । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ