arrow

नेपाली भुभाग कालापानी, लिपुलेक भारतीय नक्सामा, राप्रपाको आपत्ति

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
Lipulek_kalapani.jpg

काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएकोमा राप्रपाले  गम्भीर ध्यानाकर्षण जनाएको छ । सो भुभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगत देखि नै निरन्तर विरोध गर्दै आएको छ ।

मंगलबार राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'नेपाली भुभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य छ । आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राप्रपा सरकारसंग माग गर्दछ ।'

 साथै यस कार्यको कुटनैतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न नेपाल सरकार र प्रधानमन्त्रीलाई राप्रपाले ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ