arrow

घरको छतमा शर्मा मृत फेला

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
dead2.jpg

रुपन्देही । भैरहवामा एक व्यक्ति मृत फेला परेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ विद्रोही चोकस्थित सानु डिर्पाटमेन्टल स्टोरको छेउमा रहेका एक तल्ले घरको छतमा उनी मृत फेला परेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ५२ वर्षिय अनिल शर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरी नायब उपरीक्षक डीएसपी खड्क बहादुर खत्रीका अनुसार सोमबार शर्मा सांझ करिब ६:३० बजे घरबाट निस्केको तर परिवारको सम्पर्कमा नआए पछि मृतकका परिवारले प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

मंगबार बिहान ७:४५ बजे पसलहरु भएको कुमार सिंह थापाको घरको छतमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको डीएसपी खत्रीले बताए ।

मुख, कान र नाकमा रगत देखिएको अवस्थामा शव फेला परेको थियो, घरको छतमा पुग्न सिंडी नभएको अवस्थामा शर्माको शव कसरी फेला पर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको छ, उनले भने ।

घटनाको अनुसन्धान गर्ने क्रममा सिसिटिभी फुटेजहरु हेर्ने काम भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ