arrow

भालुको आक्रमणबाट घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौँ

logo
रासस,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
helicoptor2.jpg

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

जङ्गलमा टिमुर टिप्न गएको नुर्बलाई भालुले आक्रमण गर्दा टाउको र खुट्टामा गहिरो चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते शेर्पाको मकालु–५ को स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि हेलिकप्टर मंगलबार  काठमाडौँ लगिएको हो ।

मकालु बरुण राष्ट्रिय निकुञ्जमा भएका जङ्गली जनावरको आङ्तक बढेको स्थानीयको भनाइ छ । निकुञ्जका जङ्गली भालुको आक्रमणबाट यसै वर्ष मात्र छ जनाभन्दा बढी घाइते भइसकेका स्थानीयको भनाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ