arrow

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेको प्रति कांग्रेसको आपत्ति, सरकारको धारणा माग 

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
kalapani-lipulek-india.jpg

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल यसलाई सच्याउन नेपाल सरकारले आवश्यक पहल कदमी गर्नका लागि पनि आग्रह गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा आलीलाई सम्वोधन गर्दै भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल  गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !’

नेता शर्माले अमेरिकाले नेपालबारे बोलेको विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले समाजिक संजालमै भनेका छन्, ‘अमेरिकाले नेपाल मुजाहिद्दिन अखाडा बन्दै गरेको भनेर जारी गरेको प्रतिवेदनलाई गम्भीरतापुर्वक लिइ सरकारले वास्तविकता सार्वजनिक गरोस् । देशको छविलाई अन्तर्राष्ट्रिय जगतमा पर्ने असरसंगै हाम्रो समग्र शान्ति र समृद्धिको यात्रामा वाधा पर्ने विषयकाप्रती गम्भीर सतर्कता जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ