arrow

नेपाली भूमि समेटेर भारतले निकालेको नक्सापछि के भन्छन् कांग्रेस नेताहरु ?

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको छ । यो नक्सा सार्वजनिक भएपछि नेपाली वृत्तमा तरंग उत्पन्न भएको छ । 

भारतले सार्वजनिक गरेको नक्सा अतिक्रमणको पराकाष्ठा भएको भनी नेपाली वृत्तले कडा प्रतिवाद गर्ने जनाइरहेको छ । सरकारले यसबारेमा कुनै प्रतिक्रया जनाइसकेको छैन । 

नेताहरुले भने सरकारको धारणा माग गरिरहेका छन् । आधिकारिक रुपमा राप्रपाले कडा प्रतिक्रिया जनाए पनि अन्य कुनै दलले औपचारिक धारणा बाहिर ल्याएका छैनन् । 

यस्ता छन् कांग्रेस नेताहरुका प्रतिक्रिया–

वक्ता विश्वप्रकाश शर्मा, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !’

धनराज गुरुङ –‘‘लिपुलेक,लिम्पियाधुरा,कालापानी नेपालको हो। छातीमा हानेको गोली स्वीकार गर्छु तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापी स्वीकार्दिन। नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भुभाग भारतको नक्शाबाट हटाउन लगाउनु पर्छ।’

डा डिला संग्रौला –‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । यो भुमी भारतमा गाभिने गरि दिल्लीबाट प्रकाशित  तथाकथीत नक्शा नेपाली जनतालाई किमार्थ मान्य छैन।  यस्तो गम्भीर घट्नाका बारेमा नेपाल सरकारले चाडो भन्दा चाडो आफ्नो धारणा सार्बजनिक  गर्नु पर्छ ।’

डा चन्द्र भण्डारी – ‘लिपुलेक, कालापानी लगाएतका भूमी नेपालको हो। सरकारको प्रमुख काम देशको सुरक्षा हो ।अपमानको पनि हद हुन्छ । नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरी नेपालको भुभाग भारतको नक्शाबाट हटाउन लगाउनु पर्छ। पुर्विय दर्शनले सहयोग,संरक्षण र छिमेकी संग असल सम्वन्ध सिकाएको छ । तसर्थ विश्व रंगमण्चमा आफ्नो पहिचानलाई प्रकाश छरिरहेको भारतले छिमेकी लाई हेप्ने , पेल्ने, मिच्ने र मन दुखाउने काम गर्नु हुँदैन ।’

प्रदिप पौडेल – ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ