arrow

नेपालले पनि बनाएको थियो आन्तरिक नक्सा, भारतले बनाउँदैमा नेपाललाई समस्या पार्छ ? 

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
nepal-india-flag.jpeg

काठमाडौं । अहिले भारतले सार्वजनिक गरेको आन्तरिक नक्साले गर्दा नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । भारतले नेपालमाथि लगाएको नाकाबन्दीको चार वर्ष पूरा हुन नपाउँदै फेरि भारतले नक्सा निकालेपछि आएको तरंगले नेपाल–भारत सम्बन्ध फेरि बिग्रने संकेत समेत दिइरहेको छ । 

तर यसले कुनै फरक नपार्ने नापी विभागका एक वरिष्ठ अधिकारीले बताएका छन् । हाम्राकुरासंगको कुराकानीमा उनले भने, ‘यसमा हामीले आपत्ति जनाउनु पर्ने केही छैन । यो चाहिं उनीहरुले जम्मू–कश्मीर र लद्दाखको नक्सा मिलाउन खोज्दा र प्रान्तिय नक्साहरु हेरफेर गर्दा यसो भएको हो । उनीहरुको वक्तव्य नै त्यही छ । हामीले ओहो भनेर उठाउनु पर्ने केही पनि छैन ।’ 

जथाभावी नक्सा बनाएर अफबाह फैलाउन मिल्छ र ? भन्ने प्रश्नमा उनले स्पष्ट पार्दै भने, ‘दुबै तर्फका देशले हस्ताक्षर गरेर मात्र दुई देशबीचको नक्सा बन्ने हो । तबमात्र सीमा रेखा छुट्टिन्छ । कुरा के हो भने भारतीय पक्ष कहीं चुकेको छ त्यसमा । त्यसले हामीलाई घाटा हुँदैन । हामीले केही बोल्दैनौं यसबारेमा दुई महिनापछि हामीलाई सम्पर्क राख्नु भनेर पठाएका छौं । दिन कुर्नुपर्छ ।’
 
आन्तरिक नक्साबारेमा ती अधिकारीले अझ स्पष्ट पार्दै भने, ‘नेपाल संघीयतामा गइसकेपछि हाम्री मन्त्री पद्मा अर्यालले जुन नक्सा सार्वजनिक गरेकी थिइन् नि त्यसमा सुस्ता, कालापानी सबै नेपालमा राखेर प्रिन्ट गरिएको छ । खोइ भारतीयले केही प्रतिक्रिया जनाएकै छैन । भारतीय दूतावासले पनि केही भनेन । त्यो हाम्रो प्रयोजनका लागि प्रकाशित नक्सा हो । यस्तो नक्सामा न उनीहरु बोल्छन् न हामीले त्यसमा बोल्नु आवश्यक छ ।’ 

नक्साको विषयलाई लिएर राप्रपाले आधिकारिक धारणा सार्वजनिक गर्दै विरोध जनाएको छ भने अन्य दलहरुले प्रतिक्रिया जनाएका छैनन् दलका नेताहरुले भने विरोध गरिरहेका छन् । 

सरकारको धारणा पनि बाहिर आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ