नेपाल कम्युनिष्ट पार्टीका ऋषिराम उत्रिए भारतीय नक्साको बिरोधमा
प्रकाशित २०७६ कार्तिक २० बुधबार
1.1k
Shares
काठमाडौं । भारत सरकारले नेपाली भूमी लिपुलेक ,कालापानी भारतीय नक्साभित्र पारी नक्सा सार्वजनिक गरेको घटना प्रति नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलद्वारा जारी विज्ञप्तिमा,' भारतीय विस्तारवादको नेपालको अखण्डता माथिको यस्तो हस्तक्षेपको नेपाल कम्युनिष्ट पार्टी घोर विरोध गर्दछ । तत्काल सच्याउन पहल गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ' उल्लेख छ ।
साथै नेपाल कम्युनिष्ट पार्टीले सवै देशभक्त नेपालीहरुलाई देशको अखण्डताको रक्षा गर्न जागरुक हुन अपील गरेको छ