arrow

केपी ओली र उपेन्द्र यादवबीचको खटपट सतहमा

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
oli-upendra-yadav.png

काठमाडौं। सरकारले प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्त गरेको विषयमा सत्तारुढ दल समाजवादी पार्टी प्रधानमन्त्री केपी ओलीसँग चिढिएको छ। बखास्र्तीमा पर्ने प्रदेश प्रमुहरुमा एक जना समाजवादी पार्टीका नेता पनि छन्। उनको ठाउँमा सरकारले समाजवादी पार्टीका नेतालाई नियुक्त गरेन। यहाँ सम्म कि, समाजवादी पार्टीको प्रभाव रहेको प्रदेश २ मा पनि नेकपाका नेता प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख पदमुक्त गर्नु अघि प्रधानमन्त्रीले यस विषयमा पार्टीसँग सामान्य छलफल समेत नगरेको समाजवादी पार्टीका नेताहरूले बताएका छन्। स्रोतका अनुसार, प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्त गर्ने विषयमा प्रधानमन्त्रीले समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा उपप्रधानन्त्री उपेन्द्र यादवसँग सामान्य छलफल समेत गरेका थिएनन्। पार्टी स्रोतका अनुसार, यसबारेमा उपप्रधानमन्त्रीलाई कुनै जानकारी समेत दिइएन।

समाजवादी पार्टीका नेताहरु प्रदेश प्रमुख पदमुक्त र नियुक्तको विषयमा प्रधानमन्त्रीको व्यवहारवाट आफूहरु अपमानित भएका बताउछन्। समाजवादी पार्टीका विद्यार्थी संगठनका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक यादवले प्रदेश प्रमुखको विषयमा प्रधानमन्त्रीले आफ्नो पार्टीमाथि अपमान गरेको बताउछन्। ‘हामीलाई सोध्दै नसोधी प्रधानमन्त्रीले प्रदेश प्रमुख पदमुक्त गर्नु भयो। नयाँ नियुक्त पनि गर्नुभयो तर एक जना पनि हाम्रा मान्छे राख्नु भएन। यो भनेको हामी माथि गरिएको अपमान हो,’ उनले भने।

समाजवादी पार्टी सरकारमा सहभागी भएको कारण सरकारले दुइ तिहाइको दम्भ देखाउने गरेको भन्दै उनले भने,‘ जुन पार्टीको कारणबाट सरकारले दुई तिहाइको दम्भ देखाएको छ। तर त्यही पार्टीलाई प्रधानमन्त्री अपमान गर्नुभयो।’ समाजवादी पार्टीका कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा पार्टी सरकारबाट बाहिरिने या नबाहिरिने विषयमो टुंगो लाग्ने पार्टीका नेताहरू बताउछन्।

सरकारबाट पार्टी बाहिरिने विषयलाई पार्टीले केन्द्रीय समितिको बैठकको एजेण्डा समेत बनाइएको छ। ‘अबको केन्द्रीय समितिको बैठकमा सरकार छाड्ने-नछाड्ने विषयमा गम्भिर छलफल हुन्छ,’यादवले भने। तर अहिले नै यस विषयमा ट्ंगो नलागेको उनको भनाइ छ। आइतबार पदुमक्त गरिएका प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ समाजवादी पार्टीसँग निकट मानिन्छन्। यसअघि उनी तत्कालिन संघीय समाजवादी फोरम नेपालका प्रवक्ता थिए। उनी पार्टी अध्यक्ष यादवसँग निकट मानिन्थे। यादवको सिफारिशमा उनी प्रदेश २ मा प्रदेश प्रमुखमा नियुक्त गरिएका थिए। 

यसैगरी प्रदेश प्रमुख पदमुक्त गरेको विषयमा राजपाले पनि सरकारसँग असन्तुष्टि जनाएको छ। आइतबार पदमुक्त गरिएका प्रदेश ५ का प्रदेश उमाकान्त झा राजपासँग निकट मानिन्छन्। यसअघि उनी राजपाका महामन्त्री थिए। झा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन्। राजपाकाका नेताहरु पनि सरकारले एक्कासी प्रदेश प्रमुख हटाएर सरकारले ठिक निर्णय नगरेको बताउछन्। सरकारको निरकुंश कार्यशैली विरुद्ध राजपाले सशक्त आन्दोलन गर्ने तयारी गरेको राजपाका नेताहरुले जनाएका छन्।

संसद्बाट केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राजपाले ओलीको पक्षमा मतदान गरेको थियो। तर त्यसको केही महिना पछि सरकारको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तत्कालिन शेरबहादुर देउवा सरकारले ७ वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्दा तत्कालिन संघीय फोरम र राजपाबाट एक एक जना नेतालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। प्रदेश ५ मा प्रदेश प्रदेश प्रमुख नियुक्त गर्न राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरले तत्कालिन प्रधानमन्त्री देउवलाई पार्टीको लेटरप्याडमै पार्टीको तर्फबाट झाको नाम सिफारिश गरेका थिए। 

प्रधानमन्त्री पनि खुशी छैनन यादवबाट
स्रोतका अनुसार स्वास्थ्य मन्त्री यादवको कार्यशैलीबाट प्रधानमन्त्री ओली पनि खुशी छैनन्। यादवले सरकारमा रहेर पनि सरकारको आलोचना गर्ने गरेको प्रधानमन्त्री निकट व्यक्तिहरुको बुझाइ छ। सरकारमा नै रहेर पनि सरकारलाई सहयोग नगरेकोमा घुमाउरो पारामा उनीलाई सरकार छोड्न संकेत गरिसकेको धेरैको बुझाई छ।

तत्कालिन संघीय फोरम र नयाँ शक्तिबीच एकीकरण पछि यादव तत्कालिन नयाँ शक्तिका संयोजक बाबराम भट्टराइको प्रभावमा रहेको प्रधानमन्त्री निकट नेताहरुको भनाइ छ। तत्कालिन नयाँ शक्तिसँग एकीकरण हुनुअघि यादव सरकारमा गएका थिए। यादव सरकारमै रहेको बेला यादव र भट्टराईबीच पार्टी एकीकरण भएको हो। एकीकरण पछि यादवले सत्तपक्षीय भुमिका भन्दा प्रतिपक्षीय भुमिका निभाएको प्रधानमन्त्री निकट नेताहरुको भनाइ छ। पार्टी स्रोत भन्छ, सरकारबाट बाहिरिन भट्टराइ र तत्कालिन नयाँ शक्तिका नेताहले यादवलाई निरन्तर दबाब दिइरहेका छन्।

पार्टीका आन्तरिक बैठकहरुमा पनि यस्तो दबाब दिने गरेका छन्। तर यादवले अझै पनि सरकार छाड्ने टुंगो नलगाएको यादव निकट नेताहरु बताउछन। ‘सरकार छाड्ने-नछाड्ने विषयमा आधा आधा सम्भावना छ। पछिल्लो समयमा सरकार छाड्नु पर्छ भन्ने माहोल बढ्दै गएको छ,’ अशोक यादवले भने। 

यादवलाई सरकार छाड्न राजपाको दबाब
यता, समाजवादी पार्टीलाई सरकार छाड्न समाजवादी पार्टीले ठूलो दबाब दिएका छन्। समाजवादी पार्टीले सरकार छाड्ने निर्णय नगरेमा समाजवादी पार्टीसँग पार्टी एकीकरण प्रक्रिया अघि नबढ्ने समाजवादी पार्टीका नेताहरु बताउछन। समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्छ कि गर्दैन भनी राजपाका नेताहरु कात्तिक मसान्तसम्म पर्खेर बसेका छन। समाजवादी पार्टी सरकार छाड्ने निर्णय नगर्ने वित्तिकै समाजवादी पार्टीसँग पार्टी एकीकरण प्रक्रिया स्थगित भएको घोषणा राजपाका नेताहरुले गर्ने भएका छन्।

यसबाट पनि समाजवादी पार्टी दबामा परेका छ। यती हुँदा हुँदै पनि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्छ भन्ने सकिने अवस्था छैन। किनभने उपेन्द्र यादव अझै पनि सरकार छाड्नु हुन्न भन्ने मनस्थितिमै हुनुहन्छ,’पार्टी अध्यक्ष यादवसँग निकट समाजवादी पार्टीका एक पदाधिकारीले भने। ती भन्छन,‘कात्तिक मसान्त सम्म उहाँ (यादव)को सोच फेरियो भने बेग्लै हो भने नभए पार्टीले ठूलो निर्णय गर्नेमा अझै संका छ।’

पार्टीका अर्का एक नेता भने संविधान संशोधन गने अल्टिमेटम दिएर सरकार छाड्ने सम्भावना बढी भएको बताउछन्। तर त्यस प्रक्रियामा जान पनि कम्तीमा ५-६ महिना पार्टी सरकारमै बस्छ।

समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा सरकार छाड्ने एजेण्डा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ