arrow

कार दुर्घटनामा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार

अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते हुनेमा चालक ४९ वर्षीय गङ्गाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

कार सडकबाट करीब १५० मिटर तल खसेको छ । ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ