‘प्रदेश प्रमुखको नियुक्तिको विषय निर्वाचन आचारसंहितामा छैन’

रासस, प्रकाशित मिति : २०७६ कार्तिक २० बुधबार

काठमाडौं । निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख  नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले  आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा छैन, आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो ।

“सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू  गरेको उनले स्पष्ट गरे।

 निर्वाचन आचारसंहिता लागू  भइसकेपछि सरकारले पुराना प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ नि भन्ने सञ्चारकर्मीका जिज्ञासाका जवाफमा उनले भने, “यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन,  आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ ।”

नयाँ