arrow

भारतलाई विद्यार्थीको प्रश्न, तिमी हाम्रो छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ?

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
nsu-student.jpg

काठमाडौं। भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको बिरुद्धमा नेपाल बिद्यार्थी संघले प्रदर्शनी मार्गमा बिरोध जनाएको छ।

प्लेकार्ड सहित निस्केको जुलुसले सरकार र भारतका बिरुद्ध नारा लगाउदै पदमोदय मोड देखि भृकुटीमन्डपसम्म पुगेर १५ मिनेट सभागृह चोकमा यातायात अवरुद्ध सङ्गै कोणसभा गरेर समापन गरेको छ।

सभाका क्रममा नेबिसंघका निबर्तमान उपाध्यक्ष सागर परियारले अस्पतालको सैयामा ढलिराखेको सरकारको खोक्रो राष्ट्रवाद नेपाली जनताले देखिसकेको उल्लेख गर्दै यो प्रकरणमा सरकारको धारणा निकालेर लाज छोप्प्नेकि अझै लाज पचाउने भनि सोधेका थिए? उनले भारतलाई छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ भनेर समेत सोधे?

सभालाई समापन गर्दै आन्दोलनका संयोजक आर आर क्याम्पसका अध्यक्ष संजिव ढकालले दलाल सरकारले बेच्न लागेको भुमी जोगाउन ने बि संघले रगत र प्राण दिएर भएपनि रक्षा गर्ने बताए।

प्रर्दशनमा जनप्रशासन क्याम्पसका स्वबियु सभापति पकंज क्षेत्री, मोर्गनका अध्यक्ष शिशिर दवाडी, विद्यार्थी नेताहरु कमल तिमिल्सिना, शिवहरी तिमिल्सिना, प्रबिण जङ कार्की, सुर्य अर्याल ,अनुराग शाह, निलम तिमिल्सिना लगाएको उपस्थित थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ