arrow

यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका कांग्रेस उम्मेदवार 

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले निकै अबेर गरी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि एक प्रतिनिधिसभा र तीन प्रदेशसभा गरी ५२ स्थानको चुनाव हुँदैछ । 

प्रतिनिधि सभा अन्तर्गत कास्की २ मा नेपाली कांग्रेसबाट स्थानीय नेता खेमराज पौडेलले उम्मेदवारी दिने भएका छन् । उनको नाममा बुधबार बिहान सहमति जुटेको थियो । उक्त क्षेत्रबाट केन्द्रीय सदस्य धनराज गुरुङको नाम पनि चर्चामा रहेको थियो । गुरुङले आफू प्रतिस्पर्धी नरहेको सामाजिक संजालबाट बताएका थिए । 

कास्की २ मा हवाई दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईसंगै अन्य दुई दलका महिला उम्मेदवारहरु पनि रहेका छन् । तीन महिलासंग स्थानीय पौडेलको भिडन्त हुने भएको हो । 

त्यसैगरी ३ प्रदेशसभा अन्तर्गत बागलुङ २ बाट जित शेरचन, दाङ ३ बाट केशव आचार्य र भक्तपुर १ बाट कृष्ण भंडेल उम्मेदवार बन्ने भएका छन् । 

बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ