arrow

'बहुमत प्राप्त सरकार बिदेशी हस्तक्षेपका सामु निरिह'

भारतीय नक्सा अस्वीकार्य

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
kamal-thapa4.jpg

दाङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग अभिभाज्य भुमी भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन् । बिहिबार दाङको तुल्सिपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कुटनितिक पहल गरि समस्याको हल खोज्न सरकारलाई सुझाब पनि दिए ।

नेपालको भुमी कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले बिदेशीको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने भन्दै लाचारिपन र आत्मसमर्पणबादी मानसिकताले मुलुकको स्वाधिनताको रक्षा हुन नसक्ने ठोकुवा गरे ।

 राष्ट्रियताको मुद्दा  बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार बिदेशी हस्तक्षेपका सामु निरिह,लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्वाधिनताको रक्षाका खातिर कसैसँग सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे ।

 निकै आक्रामक शैलिमा प्रस्तुत भएका थापाले बिप्लब माओवादीलाई सरकारले बार्तामा बोलाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अब मुलुकले हत्या- हिंसाको चक्र सहन नसक्ने भन्दै नेकपाले यो पक्षलाई गम्भीरतापुर्वक मनन गर्न आबश्यक भेको बिचार ब्यक्त गरे ।

धर्म, संस्कृती मासेर कुनै पनि मुलुकले प्रगती गर्न नसक्ने भन्दै थापाले धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्द तर्फ मुलुक जान सक्ने भन्दै चिन्ता ब्यक्त गरे । काङ्ग्रेस कम्युनिस्टको असफलतालाई सबक सिकाउनको निमित्त आगामी उपनिर्वाचनमा राप्रपालाई सघाउन थापाले जनता समक्ष आग्रह गरे ।

 कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रेम बहादुर भण्डारी , महामन्त्री डा.धवलशमसेर राणा, प्रदेश -५ अध्यक्ष प्रदिप उदय, मिना स्वर्णकार र प्रदेश उम्मेदवार भुपाल रावतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ