arrow

नेपाली भूभागमाथि भारतीय अतिक्रमणको शान्ति समाजद्वारा निन्दा

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
kalapani-lipulek-india.jpg

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा गरेको छ । कालापानी, लिपुलेक लगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति प्रकट गर्दै निन्दा गरेको हो ।

बिहिबार समाजका तर्फबाट उत्तम सभापति पुडासैनीले विज्ञप्ति जारी गर्दै  विगत ६ दशक देखी नेपालको कालापानी भूमी माथि भएको भारतीय अतिक्रमणलाई सच्याउनु पर्नेमा पुन पुरानै गल्ती दोहोर्याउदै त्यस्तो नक्सा प्रकाशित गर्नु दुर्भाग्यपूर्ण हो भनेका छन् ।

 भारतको यस्तो गल्तीले नेपाल भारतबीच विद्यमान सौहार्दपूर्ण, सुमधुर एवं नागरिक स्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ । तसर्थ उक्त गल्तीलाई शिघ्र सच्याउँदै नेपाली भूभाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई शान्ति समाज आग्रह गरेको छ ।

'ऐतिहासिक सत्यलाई लत्याउँदै पुरानै गल्तीलाई निरन्तरता दिँदा दक्षिण एशियामा भारत एक्लिएर जान सक्ने संभावनाप्रति भारत सरकार गम्भीर बन्नुपर्छ । यसैगरी नेपाली भूभागको संवेदनशिल विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्री स्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन शान्ति समाज आग्रह गर्दछ  ' विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ