arrow

भण्डारीको उम्मेदवारी दर्ता गर्नु अघि थापाले पोखरेलीलाई के भने ?

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
pokhreli.jpg

 पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार , बिकृती र बिसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्वाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन् ।

बिहिबार कास्की -२ को मनोनयन दर्ता गर्नुअघि आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता संकटमा रहेको , प्रजातन्त्र माथि कालो बादल लागेको भन्दै थापाले मुलुकको स्वाधिनताको रक्षाको लागि राष्ट्रबादी शक्तीलाई जनताले छनौट गर्नु पर्ने बताए ।

एक सिटको कारण अहिले मुलुकको राजनीतिक समिकरणमा ठुलो फरक नपरेता पनि पोखरेली जनताले दिने सन्देश महत्वपूर्ण हुने बिचार ब्यक्त गरे ।

भ्रष्टाचारले मुलुक थिलथिलो भएको , युबा जति मलेशिया र खाडी मुलुक भासिएको , शान्ती सुरक्षा कमजोर रहेको , आर्थिक बिकास गफमा सिमित भएको भन्दै थापाले अकर्मण्यतालाई चेतावनी दिन जनताले पार्टी राजनिती भन्दा माथी उठेर निर्णय गर्नुपर्ने आबश्यकता औल्याए ।

सत्ता र शक्तिको निमित्त आत्मसमर्पणबादी मानसिकता हाबी भएकोमा थापाले चिन्ता प्रकट गरे । कार्यक्रममा कास्की -२ का उम्मेदवार रोम बहादुर भण्डारीले कास्किका जनताको माया र बिश्वास पाए इमान्दारी पुर्बक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उम्मेदवारी दर्ता गर्न जानुअघि अध्यक्ष थापाले उम्मेदवार भण्डारीलाई बधाई शुभकामना दिदै दुबोको माला लगाईदिएका थिए । र्‍यालीमा पार्टीका नेताहरु राजिब पराजुली, तोरण गुरुङ , हेमजङ्ग गुरुङ , चन्द्रबहादुर गुरुङ्ग, मदन कार्की , राजाराम बर्तौला लगायतका नेताहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ