arrow

दश उम्मेदवारको मनोनयन दर्ता

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
baglung-manonayan.jpg

बागलुङ । आगामी मंसिर १४ गते हुने गैरहेको बागलुङ क्षेत्र न.२ (ख) प्रदेश सभा सदस्यको उपनिर्वाचनको लागि लागि ८ राजनीतिक दल र २ स्वतन्त्र गरि १० उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचनका लागि काँग्रेसबाट महाधिवेशन प्रतिनिधि जित बहादुर शेरचन र नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार खिम विक्रम शाहीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेका शेरचन बामगठबन्धनका तर्फबाट साझा उम्मेदवार राजमोका स्व. टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।  सांसद घर्तीको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुरानै उमेदवारलाई अगाडी सारेको छ भने राजमोले नयाँ अनुहार खिमबिक्रम शाहीलाई उम्मेदवार बनाएको छ ।

शाही राष्टिय जनमोर्चाका जिल्ला सदस्य हुन् उनी राजमो र नेकपाको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका छन । काँग्रेसका शेरचनको संघिय सांसद ज्ञानकुमामरी शेरचन प्रस्तावक छन भने प्रदेश (ख)का क्षेत्रीय सभापति नरजंग घर्ति समर्थक रहेका छन । त्यस्तै शाहीको राजमोका जिल्ला उपाध्यक्ष धर्म कुँवर प्रस्तावक छन भने गौरीश्वर पाण्डे समर्थक रहेका छन ।

उपनिर्वाचनका लागि अन्य साना दलहरुले पनि उम्मेदवार दिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट निमबहादुर भण्डारी, समाजवादी पार्टीको तर्फबाट अशोक कुमार बि.क, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गणेश बहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिल कुमारी राईले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनबाट मित्रबहादुर थापाले आफ्नो दलको तर्फबाट उम्मेदवार दिएको मुख्यनिर्वाचन अधिकृत बासुदेव न्यौपानेले  जानकारी दिए ।  

उपनिर्वाचनका लागि स्वतन्त्र रुपमा शेरमान घर्ति मगर र सन्तोष भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । घर्ति नेकपा बागलुङ नेता हुन भने भण्डारी विवेकशिल नेपाली पार्टीको उम्मेदवारको रुपमा यस अघि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । यस निर्वाचनमा काँग्रेस र जनमार्चाका उम्मेदवार विच कडा पतिस्पर्धा हुने कार्यकताहरु आंकलन गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ