arrow

संचार सचिव गुरुङको अवकाश, को होला सचिव बढुवा ?

पूर्व एमाले निकट अर्याल हावी हुँदै

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
moic-joint_secretary.jpg

काठमाडौं। सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बुधबारबाट अवकाश पाएका छन्। उनको अवकाशसँगै संचार मन्त्रालयको सचिव पद रिक्त भएको छ। गुरुङको अवकाशपछि अब रिक्त सचिवमा सहसचिवहरु बालकृष्ण घिमिरे, दिनेश भट्टराई र बाबुराम पौडेलमध्ये एकको बढुवा हुनेछ।

घिमिरे ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत छन्। भट्टराई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन्। पौडेल शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव हुन्। उनी शिक्षा मन्त्रालय अन्तर्गत सबै विभागको प्रमुख भइसकेका सहसचिव हुन्।

यद्यपि कलकत्ताका महाबाणिज्यदूत रहेका सहसचिव एकनारायण अर्याल पनि अहिले नै बढुवा हुने दौडमा छन्। तर उनी यो पटक बढुवा सिफारिसमा पनि पर्ने संभावना कम छ। बढुवा समितिले एक पदका लागि तीन जनाको सिफारिस गर्दछ। तीन मध्येबाट सरकारले एक जनालाई बढुवा गर्नेछ। अर्याल एमालेको निकट भएर काम गरेका सहसचिव हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ