arrow

भारतीय हस्तक्षेपविरुद्ध सर्लाहीमा पनि प्रदर्शन

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
go-back-india.jpg

सर्लाही । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सर्लाहीमा पनि शुक्रबार प्रदर्शन भएको छ ।

नेपाल विद्यार्थी संघले जनज्योति बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ सर्लाहीको संयुत आयोजनामा  लालबन्दीमा प्रदर्शन गरेका हो ।

र्‍यालीपश्चात आयोजित कोण सभालाई सम्वोधन गर्दै विद्यार्थी नेता युवराज देवकोटा, मनेज बक्रेल नेपाली कांग्रेस क्षेत्र एकका क्षेत्रीय सभापती प्रमेद बराल लगायतका नेताहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताए।

पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न र्‍यालीमा सहभागी विद्यार्थीले माग गरेका छन् । भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि विद्यार्थी आन्देलित भएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ