arrow

मनाइयो हरिबोधिनी एकादशी

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
ekadasi.jpg

काठमाडौं । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन शुक्रबार तुलसीको विशेष पूजाशुक्रबारा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ ।
 
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाशुक्रबारा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।
 
औषधीय गुणले युक्त तुलसी मानवजीवनका लागि उपयोगी रहेको तथ्य आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । ऋषिमुनिले वन जङ्गलमा वनस्पतिका रूपमा तुलसीको अनुसन्धान गरी उपयोगी भएपछि पूजाशुक्रबाराको रीत बसालेको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

 धेरै रोगमा औषधिको काम गर्ने तुलसी रोपिएको वरपर मलेरियाका जीवाणुसमेत नआउने वैज्ञानिक मत छ । आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह शुक्रबार दामोदरसँग गरिदिने प्रचलन छ । शुक्रबार बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । शुक्रबार चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।
 
आषाढ शुक्ल एकादशीदेखि पूजाशुक्रबारा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको गौतमले जानकारी दिए । चार महिना अघिदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु शुक्रबार जागा हुनुहुने धार्मिक विश्वास छ । शुक्रबार जागा हुनुहुने भगवान् विष्णुलाई पूजाशुक्रबारासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

  बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।
 
चार नारायणको शुक्रबार एकैदिन पूजाशुक्रबारा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारीसाधन ‘रिजर्भ’ गरेर चार नारायणको पूजाशुक्रबारा एवं दर्शन गर्न आएका थिए । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाशुक्रबारा एवं दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास छ ।

 बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिए । नाराययणस्थानमा शुक्रबार पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उनले बताए । बूढानीलकण्ठमा शुक्रबारदेखि कात्तिक शुक्ल पूर्णिमा अर्थात् कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ  जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । नेपाल भ्रमण वर्षमा बूढानीलकण्ठको प्रचारप्रसार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने मेलामा आउनुभएकी रामकुमारी थापाले बताए ।
 
  यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए ।
 
बूढानीलकण्ठ र इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले दुवै नगरपालिकाले नगरभर सार्वजनिक बिदा दिएका हुन् । देशभरका नारायण मन्दिरमा पनि दिनभर भक्तजनको भीड लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ