arrow

अयोध्यामा अब यस्तो बन्नेछ राम मन्दिर

संसारकै ठूलो राम मन्दिर हुने

logo
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
ram-mandir-ayodhya.jpg

काठमाडौं। भारतको सर्वोच्च अदालतले लामो समयदेखि विवादमा रहेको राम जन्मभुमीको पक्षमा फैसला सुनाएपछि अब बन्ने राम मन्दिरको बारेमा समेत चर्चा शुरु भएको छ। 

लामो समयदेखि राम मन्दिर बन्ने आशामा सोहिस्थान नजिक एक कार्यशाला चलिरहेको थियो। त्यहाँ मन्दिरमा प्रयोग गर्ने ढुङगा तथा इटामा जयश्री राम लेख्ने काम पनि चलिरहेको थियो। 

राम मन्दिर वावरी मस्जिदको ५ सय बर्षदेखि चलिरहेको विवाद तथा विगत ७० बर्षदेखि चलिरहेको  मुद्धाको फैसला पछि अब हिन्दुहरुको आस्थाको केन्द्र अयोध्यामा कस्तो मन्दिर बन्दैछ भन्ने जिज्ञासा पनि उठिरहेको छ। हिन्दुहरुले राम मन्दिरको ढाँचा पनि सार्वजनिक गरेका छन्। संसारकै सबैभन्दा ठूलो राम मन्दिर अब अयोध्यामा बन्ने भएको छ। 

मन्दिरको गजुर २७० फीट हुने छ भने गर्भगृहको माथि विशाल गुम्वज हुने बताइएको छ। सो गुम्वजमाथि केशरी रंगको झण्डा राखिने छ। दुई तलाको बन्ने मन्दिरमा भुई तल्लामा राम रहनेछन  भने पहिलो तल्लामा भगवान रामको दरवारको रुपमा सजाइनेछ। मन्दिरमा सांस्कृतिक कार्यक्रमका लागि मंडप हुनेछ भने मन्दिरको गर्भगृहमा श्रद्धालुहरुलाई परिक्रमाको सुविधा पनि हुनेछ। 

मन्दिरमा १०६ खम्वा रहनेछ। हरेक खम्बामा फुलमाला र १६ मुर्ती कुँदिनेछ। मन्दिरको बाहिर वँगैचा, साना साना तलाउ र बस्नका लागि स्थानको व्यवस्था गरिनेछ। मन्दिर बनाउन राजस्थानबाट टायल, सिंगमरमर र ढुङगा अयोध्या ल्याउने काम भइरहेको छ। मन्दिरको खम्वामा अड्याउने १८५ वीम पनि तयार भइसकको छ। सन् २०२१ सम्म मन्दिर बनाउने आन्तरिक तयारी शुरु भइसकेको छ। 

अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसलाः राम मन्दिर बन्ने

भारतीय जनता पार्टी, राष्ट्रिय स्वयंसेवक संघ, विश्वहिन्दु महासंघ लगायतका पार्टी तथा संस्थाहरु आफ्नो मुद्धा बनाउँदै आएको राम मन्दिरको पक्षमा अदालतबाट फैसला आएपछि यसलाई हिन्दु पक्षले यसलाई धर्मको पक्षमा फैसला भएको प्रतिक्रिया जनाएको छ।

अब तीन महिना भित्र विवादास्पद भनिएको क्षेत्र सरकारले बनाउने ट्रष्टलाई दिइ मन्दिर बनाउने काम शुरु हुनेछ। यसका लागि अदालतले सरकारलाई आदेश दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ