arrow

भारतले कालापानी-लिपुलेकलाई आफ्नो नक्सामा राखेकोमा कोटेश्वरमा प्रदर्शन

चीनले उत्तरतर्फ सीमा मिचेकोमा पनि विद्यार्थीले गरे विरोध

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
nsu-koteshwor-rally-sima-hastachhep.jpg

काठमाडौं। भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले काठमाडौंको कोटेश्वरमा विरोध प्रर्दशन गरेका छन्। नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य मात्रामा विद्याथीहरुले सहभागिता जनाएका थिए।

दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटेको भन्दै बिरोध गरिएको नेबिसंघ आरआर क्याम्पसमा उपाध्यक्ष सुनिल शर्माले जानकारी दिए। सहभागिहरुले हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए। उनीहरुले छिमेकीहरुले पटकपटक सीमा मिच्दा पनि लाचार भएर बस्ने सरकारको पनि विरोध जनाएको शर्माले बताए।  

प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै काफ्लेले राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप सहन नसकिने भन्दै सीमामा कुनै पनि छिमेकीको हस्तक्षेप स्विकार्न नसकिने बताए। उनले लिम्फियाधुरा, कालापानी र लिपुलेक लगायतका क्षेत्रमा भारत तथा उत्तरतर्फ चीनले कैयौं ठाउँमा सीमा मिचे पनि सरकार लाचार भएर कुरा गर्न नसकेकोमा आक्रोश व्यक्त गरे।  

बिरोध सभालाई सम्बोधन गर्दै निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी र कोटेश्वर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति महेन्द्र भट्टराईले भारतीय अतिक्रमण साथै उत्तरतर्फ चीनले मिचेको सीमानाको रक्षाका लागि आफूहरु आन्दोलित भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ