arrow

कास्कीका उम्मेदवार पौडेल विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिए

गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान प्रारम्भ

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
kaski-congress.jpg

पोखरा । कास्की–२ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका छन् । चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रममा नेता पौडेल विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका हुन् ।

पोखरा–८ निवासी उम्मेदवार पौडेलका एक विद्यार्थी ‘गुरुको भार चुक्ता गर्ने अवसर बल्ल प्राप्त भएको छ, म जुनसुकै सहयोग गर्न तयार छु’ भन्दै पाउ छोएका थिए । त्यतिबेला उम्मेदवार पौडेलले ति विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका थिए ।

घरदैलोका क्रममा मतदाताका आँगनमा पुगेका उम्मेदवार पौडेललाई मतदाताले गुरु भन्दै सम्मानभाव प्रकट गरेका थिए । कतिपय मतदाताले ‘लामो समयपछि गुरुसंग भेट्न पाइयो, निकै खुशी लाग्यो, विजयको शुभकामना गुरु !’ भन्दै सम्मान गरेका थिए । त्यस अवसरमा नजिकबाट चिनिएका मतदाता र आफूले पढाएका विद्यार्थी भेट्दा उम्मेदवार पौडेल भावुक समेत बनेका थिए ।

घरदैलो अघि नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर नेपाली कांग्रेस कास्कीले चुनावी अभियानको शुभारम्भ गरेको थियो । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो ।

त्यसपश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९ मा घरदैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले जनाएको छ । कास्की कांग्रेसले पोखरा– ४ मा यज्ञबहादुर थापा, ८ मा विरेन्द्रनारायण विजुक्छे र ९ मा तारानाथ रानाभाटलाई संयोजक तोकेको छ ।

११ वटै वडामा सम्पर्क कार्यालय
कांग्रेसले कास्की–२ अन्तर्गत पोखराका ११ वटै वडामा चुनावी प्रचार समितिको सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार एकैसाथ पोखराका ११ वटै वडामा सम्पर्क कार्यालय शुभारम्भ गरिएको हो । कास्की–२ मा पोखरा–४, ६, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नं. वडा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ