arrow

‘वान टू वान’ वार्तामार्फत सिमा विवाद मिलाउनुपर्छ : डा डिला संग्रौला

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
dilla1.jpg

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले भारतसँगको सिमा विवाद दुई देशका प्रधानमन्त्री बीच ‘वान टु वान’ बार्ताबाट समाधान गर्नुपर्ने बताएकी छन् । रिपोटर्स क्लब नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृसंग्रौलाले सो कुरा बताएकी हुन् ।

कुटनीतिक र राजनीतिक वार्ताले मात्र समस्याको समाधान हुन नसक्ने उनको तर्क छ । ‘अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन’ उनले भनिन्, ‘स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच ‘वान टू वान वार्ता’ बाटै सिमा विवाद अन्त्य गरिनुपर्छ ।’

नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताइन् । ‘सिमा विवाद समाधानका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बेला आएको छ’ उनले भनिन्, ‘सबै दलबीचका एकताका आधारमा प्रधानमन्त्रीले वार्ताबाटै सिमा विवाद अन्त्यको पहल गर्नुपर्छ ।’ भारतले आफ्नो डिजिटल नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेपछि अहिले चौतर्फि विरोध भैरहेको छ ।

एक फरक प्रसङ्गमा बोल्दै उनले सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर गलत नजिर बसेको बताइन् । संविधान लागू गर्ने कुरालाई राजनीतिक प्रतिशोधको विष बनाउने नहुनेमा उनको जोड् छ । सरकार संविधान कार्यान्वयन भन्दा पनि प्रतिशोधको बाटोमा उन्मुख भएको भन्दै उनले यसबाट संघीयता कमजोर हुने तर्क गरिन् ।

नेतृ संग्रौलाले हरेक मुद्धामा कमजोर हुदै गएको आरोप समेत लगाएकी छन् । ‘सरकारले सुशासन कायम गराउन तथा भ्रष्टाचार रोक्न सकेको छैन ।’ उनले भनिन्, ‘जनताले दुईतिहासरको सकारकाबाट शान्ति सुरक्षाको समेत प्रत्याभूति पाउन सकेनन् ।’
पछिल्लो समय महिलाहरुमाथी बलात्कार तथा हत्याका घटनाहरु बढ्दै गएको बताउँदै उनले निर्मला बलात्कार तथा हत्या काण्ड अहिलेसम्म पत्ता लाग्न नसक्नु त्यसको उदाहरण भएको उल्लेख गरिन् ।

जनअपेक्षा अनुसारको काम भएन
कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सिता पौडेलले भारतले नेपालको नालापानी र कालापानी आफ्नो नक्सामा राख्दा सिमा विवाद थप पेचिलो भएको उल्लेख गरिन् ।

उनले यो समस्या समाधानका लागि सरकारले उच्चस्तरबाटै पहल गर्नुपर्नेमा जोड् दिएकी छन् । नेपालका अन्य ठाउँहरुमा पनि भारतले नेपालको सिमा मिचेको उल्लेख गर्दै उनले सिमा सुरक्षाका लागि सरकारले सर्वदलीय बैठक बोलाएर मात्र नपुग्ने बताइन् । सर्वदलीय बैठकका निर्णयलाई कार्यन्वयन गर्नतर्फ पनि सरकारले जोड्नुपर्ने उनको भनाई छ ।

अर्को फरक प्रशङ्गमा नेतृ पौडेलले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको गुनासो गरिन् । ‘दुई तिहाईको सरकारबाट जनताले जुन अपेक्षा गरेको थिए त्यो पूरा हुन सकेको छैन ।’ उनले भनिन्, ‘अब सरकारले जनअपेक्षा अनुसारका काम गर्दै अघि बढ्नुपर्छ ।’ कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवलिको सन्चालनमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ