arrow

गणेशमानलाई बिर्सन सकिदैन : देउवा

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
ganeshman.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताएका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आइतबारसभापति देउवाले विज्ञप्ति जारी गर्दै उनिप्रति श्रद्धासुमन व्यक्त गरेका हुन् ।

राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा स्थापित स्व सिंहको त्याग र निष्ठाको भावी पुस्ताले सम्मान गर्ने विज्ञप्तिमा भनिएको छ ।   

“पार्टीका अमूल्य निधि एवं धरोहर सिंहको लामो कठिन र सङ्घर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उहाँले मुलुकका लागि पुर्‍याउनु भएको योगदानलाई आज उहाँको जन्मदिनका अवसरमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 स्व सिंहको निष्ठा र सङ्घर्षशील जीवनबाट वर्तमानसँगै भावी पुस्ता पनि निरन्तर प्रेरित रहिरहने सभापति देउवाको विश्वास छ । सर्वोच्च नेता सिंहको जन्म १९७१ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो । उनको जन्मजयन्तीका अवसरमा पार्टी, भ्रातृ एवम शुभेच्छुक संस्थाले आइतबारविविध कार्यक्रम आयोजना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ