arrow

कांग्रेसले गठन गर्‍यो ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । केन्द्रीय सदस्य  रमेश लेखकको संयोजकत्वमा कांग्रेसले  मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीको विधान बमोजिम “अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६” को गठन गरेको हो ।

अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ को संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक रहेका छन् । सदस्यहरुमा  केन्द्रीय सदस्य  सीता गुरुङ्ग, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष  दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता  सिताराम के.सी., अधिवक्ता  तेज रावल रहेका छन् । साथै सदस्य सचिवमा अधिवक्ता  केशव रिजाल छन् ।

समितिले  निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । समितिले उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्नेछ । उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिनेछ ।

उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने गराउने समितिको कार्य क्षेत्र छ । समितिले उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचार प्रसार गर्न, बढी भन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्नेछ ।

उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता र पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने समितिको कार्य क्षेत्र रहेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ