arrow

जुवामा संलग्न भएको अभियोग लागेका सेनानीमाथि प्रहरी अनुसन्धान

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।

नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कानूनको बर्खिलाप गर्ने जो कसैलाई कारवाहीको दायरामा ल्याउने सङ्गठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले सङ्गठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका  लागू गरेको छ ।

गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारवाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ