arrow

प्रधानमन्त्री ओली र मोदीबीच वार्ता गरि सिमा विवाद मिलाउनुु पर्छः संग्रौला

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
Dr._Dila_Sangroula_.jpg

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ डा डिला संग्रौलाले भारतसँगको सिमा विवाद दुई देशका प्रधानमन्त्रीबीच ‘वान टु वान’ बार्ताबाट समाधान गर्नुपर्ने बताएकी छन्। रिपोटर्स क्लब नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृ संग्रौलाले कुटनीतिक र राजनीतिक वार्ताले मात्र समस्याको समाधान हुन नसक्ने बताइन ।

‘अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन’ उनले भनिन्, ‘स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच ‘वान टू वान वार्ता’ बाटै सिमा विवाद अन्त्य गरिनुपर्छ ।’ 

नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताइन् । ‘सिमा विवाद समाधानका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बेला आएको छ’ उनले भनिन्, ‘सबै दलबीचका एकताका आधारमा प्रधानमन्त्रीले वार्ताबाटै सिमा विवाद अन्त्यको पहल गर्नुपर्छ ।’ भारतले आफ्नो डिजिटल नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेपछि अहिले चौतर्फि विरोध भैरहेको छ ।

कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सिता पौडेलले भारतले नेपालको नालापानी र कालापानी आफ्नो नक्सामा राख्दा सिमा विवाद थप पेचिलो भएको उल्लेख गरिन् । उनले यो समस्या समाधानका लागि सरकारले उच्चस्तरबाटै पहल गर्नुपर्नेमा जोड् दिएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ