arrow

एआइजी ठूले राई विपत ब्यवस्थापन प्राधिकरणको सीईओ बन्दै

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
aigp-thule-rai.jpg

काठमाडौं । ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको लागि आवेदन माग गरिएको छ । गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख(सीईओ)को लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो ।

प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआइजी ठूले राईले पनि आवेदन दिएका छन्। प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर उनले आवेदन दिएका हुन् । आफू कार्यरत संघ संस्थाको अनुमति लिएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्राधिकरणको सीईओका लागि स्नातकोत्तर योग्यता तोकिएको छ । साथै विपत ब्यवस्थापन वा ब्यवस्थापन वा जनप्रशासन सूचना प्रविधि सम्बन्धी कम्तीमा ३० कार्यदिवसको अधिकृतस्तर वा ब्यवस्थापकीय तहको तालिम लिएको हुनुपर्ने उल्लेख छ । राईले प्राधिकरणको सीईओका लागि आवेदन दिएको स्वीकार गरे ।

प्राधिकरणको सीईओका लागि आवेदन दिने म्याद कात्तिक २४ मा सकिएको छ । गृहमन्त्रालयको विपत् अध्ययन जोखिम न्यूनीकरण पुनर्लाभ शाखामा सीईओका आकांक्षीहरुको निवेदन परिसकेको छ । सीईओका लागि आवेदन दिने उम्मेदवारहरुले दस हजार शब्द भएको ब्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ । शाखाले परेका आवेदनहरु खोली आवेदकहरुको छनोट प्रक्रिया सुरु गर्ने बताइएको छ ।

प्राधिकरणको सीईओका लागि आवेदन दिनेहरु राईबाहेक को को छन् भन्ने जानकारी माग्नका लागि गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मासँग आइतबार पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन्, आजको साँघु साप्ताहिकमा समाचार छ। विपत ब्यवस्थापन प्राधिकरणको सीईओका लागि आवेदन दिएका एआइजी ठूले राई आइजीपी सर्वेन्द्र खनालसँगै २०७६ माघ २८ मा अवकाश हुँदैछन् । प्राधिकरणको सीईओमा छनोट भएमा उनले प्रहरीको एआइजीबाट राजीनामा दिनुपर्नेछ ।

प्राधिकरणको सीईओको कार्यकाल ५ बर्ष हुने ब्यवस्था गरिएको छ । प्राधिकरणको सीईओ छनोट नभएमा उनी आगामी माघसम्म प्रहरीमा काम गर्नेछन् । राई हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी)मा कार्यरत छन् । सीईओ नियुक्ति गर्ने गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको संकेत पाएपछि उनले आवेदन दिएको प्रहरीकै अधिकारी बताउँछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ