arrow

फेरी भयो बालिका माथी विभत्स बलात्कार

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
काठमाडौं । जिल्ला सदरमुकामस्थित तानसेत ११ प्रभास खोलामा आठ वर्षीया बालिकाको सामूहिक हत्या भएको छ । सोमबार राति ८ बजे बालिकाको शव प्रभास खोलामा फेला परेको हो । 
 
तानसेन ११ लामिडाँडा निवासी ८ वर्षीया वर्षा दर्लामीलाई सामूहिक रुपमा बलात्कार गरेपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । 
 
प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न चार जना युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकाको विवरण भने प्रहरीले सार्वजनिक गरेको छेन् । प्रहरीका अनुसार उनीहरु चारै जना स्थानीय हुन् ।  अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - प्रहरीका अनुसार वर्षा ट्युसन पढेर घर फर्कदैं गर्दा सोमबार साँझ ६ः३० बजे खोला किनारको सुनसान स्थानमा सामूहिक बलात्कार गर्दा उनी चिच्याएकी थिइन् । चिच्याएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ