arrow

सीमा विवादबारे भारतसँग कुटनीतिक पहल शुरु

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
nepal-india-flag.jpeg

काठमाडौं। नेपाल-भारत बिच कालापानी सीमा विवाद अन्त गर्न कुटनीतिक प्रयास शुरु भएको छ। भारतकालागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतीय बिदेश सचिव बिजय गोख्लेसँग भेटवार्ता गरेका छन्।

उक्त भेटमा सीमा विवाद लगायत दुई पक्षीय सम्बन्धबारे छलफल भएको जनाईएको छ। भारत स्थित नेपाली राजदुतावासले ट्विटर मार्फत भेटवार्ताबारे स्पष्ट पारेको छ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई आफ्नो तिर पारे पछि नेपालमा बिरोध शुरु भएको हो। उक्त बिरोध पछि प्रधानमन्त्री केपी ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए। उक्त बैठकले एक स्वरमा कालापानी नेपालको हो र सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्नु पर्छ भन्ने म्यान्डेट सरकारलाई दिएको थियो।

उक्त म्यानडेट पछि सरकारले दिल्ली स्थित नेपाली राजदुतलाई कुटनीतिक पहलको प्रारम्भिक चरणको जिम्मा सुम्पिएको छ। नेपालले आफ्नो समस्या राख्ने र उक्त समस्याको राजनीतिक र कुटनीतक निकास निकाल्ने प्रयास गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ